
विश्वका ८ हजार मिटर अग्ला १४ हिमालहरु रहेका छन् । नेपाललाई हिमालयको देश भनेर पनि चिनिन्छ। यी ८ हजार मिटर अग्ला १४ हिमालहरुमध्ये सर्बोच्च शिखर सगरमाथा सहित ८ ओटा हिमालहरु क्रमशः सगरमाथा (८,८४८.८६ मि.), कंचनजंघा (८,५८६ मि.), ल्होत्से (८,५१६ मि.), मकालु (८,४६३ मि.), चोयु (८,२०१ मि.), धौलागिरी (८,१६७ मि.) मनास्लु (८,१६३ मि.) र अन्नापूर्ण (८,०९१ मि.) नेपालमा पर्छन्।
नेपाल बाहिरका अन्य ६ वटा ८ हजार मिटर अग्ला हिमालहरु:
काराकोरम–२ (के–टु) – विश्वको दोस्रो हिमाल काराकोरम–२ (के–टु) हो। यो हिमाल पाकिस्तानमा पर्दछ। यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर छ। यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्वय एकीले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले सफलतापूर्वक चढे।
नांगा पर्वत – नवौं हिमाल नांगा पर्वत (८ हजार १ सय २६ मिटर) हो । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा चढेका थिए।
गासेरब्रुम–१ – विश्वको ११ औं हिमाल गासेरब्रुम–१ (८ हजार ८१ मिटर) हो भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकी पर्वतारोहीद्वय एन्ड्र्यु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए।
गासेरब्रुम–१ – विश्वको ११ औं हिमाल गासेरब्रुम–१ (८ हजार ८१ मिटर) हो भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकी पर्वतारोहीद्वय एन्ड्र्यु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए।
गासेरब्रुम–२ – १३ औं हिमाल गासेरब्रुम–२ (८ हजार ३५ मिटर) हो। सन् १९५६ जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्ट थिए। यो गासेरब्रुम श्रृङ्खलामा पर्दछ।
सिसापाङमा – १४ औं हिमाल हो— सिसापाङमा (८ हजार २७ मिटर) । सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।
अब चाँडै नै विश्व पर्वतारोहण इतिहासमा आठ हजार मिटरभन्दा माथिका ६ वटा हिमालहरु थपिँदैछन्। यसरी विश्वमा आठ हजार मिटरभन्दा माथिका हिमालहरु बढेर २० वटा हुँदैछन्। र, थप भएका ती ६ वटै नयाँ आठ हजार मिटरभन्दा अग्ला हिमालहरु हाम्रै देश नेपालमा रहेका छन्। यी हिमालहरु हुन्।
थपिएका ६ हिमालमध्ये २ वटा खुम्बु हिम श्रृङ्खलाको ल्होत्से/चे मिडिल ८,४१० मिटर र ल्होत्से/चे सार ८,४०४ मिटर रहेका छन्, बाँकी ४ वटा पूर्वी नेपालको ताप्लेजुङ–ताप्लिजोङ जिल्लाको कञ्चनजंघा हिमश्रृङ्खलामा रहेका छन्। यो हिम श्रृङ्खलामा थप भएका आठ हजार मिटरभन्दा अग्ला नयाँ हिमालहरुमा यलुङकाङ ८,५०५ मिटर, कञ्चनजंघा दक्षिण (साउथ) ८,४७६ मिटर, कञ्चनजंघा मध्य (सेन्ट्रल) ८,४७३ मिटर र यलुङकाङ पश्चिम (वेस्ट) ८,०७७ मिटर रहेका छन्।
Source for additional 6 himalayas :lokpati.com