रोचक जानकारी: सर्बोच्च शिखर सगरमाथा बारे

विश्वकै सर्बोच्च शिखर सगरमाथा नेपालमा पर्दछ। यसको उचाई ८ हजार ८ सय ४८.८६ मिटर छ। यो नेपालको सोलुखुम्बु जिल्लामा पर्छ सगरमाथाको चुचुरोको औसत क्षेत्रफल ७ वर्ग मिटर रहेको छ। नाम्चे बजारलाई सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ। सर्बप्रथम सरमाथाको आरोहण नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले संयुक्त रुपमा सन् १९५३ मे २९ मा गरेका हुन्। यसै कारण मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। तर अहिले बि. स. २०८० सालसम्म सबैभन्दा कान्छो उमेरमा सगरमाथा आरोहण गर्ने ब्यक्ति नेपालका तेम्वा छिरी शेर्पा हुन्। यद्यपि तिब्बत तर्फबाट जोर्डन रोमेराले १३ वर्षकै उमेरमा सन् २०१० मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथाको नामाकरण:

बेलायती नागरिक George Everest को नामबाट सगरमाथाको नाम Mt. Everest राखिएको हो। बि. स. २०१३ (सन् १९५६ ) मा बाबुराम आचार्यले Mt. Everest को नाम सगरमाथा नामाकरण गरेका हुन् । स्थानीय भाषामा झ्यामोलोङ्गो भनिने हुँदा नेपालि नाम झ्यामोलोङ्गो हो। सन् १९११ मा Michael Kerge ले सगरमाथालाई तेस्रो ध्रुब या न कि ‘Third Pole’ नामाकरण गरेका हुन् ।

सगरमाथालाई चिनियाँ भाषामा ‘चोमोलंमा’ या न कि ‘Chomolangma’ र तिब्बती भाषामा मितिगुती चोपालोङमा भानिन्छ ।

मृत्यु क्षेत्र (Death Zone):

पर्वतारोहण क्षेत्रमा ७, ५०० मिटर भन्दा माथिको क्षेत्रलाई मृत्यु क्षेत्र (Death Zone) भनिन्छ । सगरमाथा आरोहण गर्ने क्रममा चौथो शिविरलाई पनि ‘The Death Zone’ भनिन्छ । यस क्षेत्रमा अक्सिजनको कमि भएर धेरै पर्वतारोहीको निधन हुने भएकाले खतरा वा मृत्यु क्षेत्रका रुपामा लिइएको हो ।

Leave a Comment