
१) हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ।
२) हजारौ मैनबती एउटा मैनबतीको पकाश कम नगराइ जलाउन सकिन्न । यसरी नै खुसी बाढ्दा बढ्ने गर्दछ ।
३) नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो, नैतिकता छैन भने धर्म पनि छैन, नैतिकता नै धर्मको सार रुप हो ।
४) कामको परिणामले अनिवार्य रुपमा त्यस्तै प्रकारले पिछा गर्दछ, जसरी रातले दिनको पिछा गर्दछ ।
५) मानिसले अतितको बारेमा सोच्नु आवश्यक छैन र न त भविष्यको चिन्ता गर्नु नै आवस्यक छ । हामीलाई आफनो वर्तमान समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यही नै खुशीको मार्ग हो ।
६) सबै गलत कार्यले मनमा जन्म लिन्छ । यदि तपाईको मन परिवर्तित भएमा, मनमा गलत कार्य गर्ने विचारले नै जन्म लिदैन ।
७) मानिसको आफनो शरीर स्वस्थ राख्ने जिम्मेदारी हुन्छ । यदि शरीर स्वस्थ नभएमा तपाईको सोच र मन पनि स्वस्थ र स्पष्ट हुनेछैन ।
८) कसैलाई घृणा गर्दा तपाईको मनको घृणा खत्म हुदैन, यो केबल प्रेमले नै खत्म गर्न सकिन्छ । जसरी नराम्रोको लागी नराम्रो खत्म हुदैन, त्यो त प्रेमले समाप्त हुन्छ ।
९) जो मानिस जति मानिसलाई माया गर्छन, त्यती ब्यक्तिबाट नै उनीहरु दुखी हुन्छन्, त्यसको कुनै संकट छैन ।
१०) एउटा जंगली जनावर भन्दा धेरै खतरानाक एउटा कपटी र दुस्ट मित्र हो, किनभने जनावरले तपाईलाई केवल शारीरिक नोक्सानी पुर्याउछ, जबकि दुस्ट मित्रले तपाईलाई बुद्धि–विवकेलाई नोक्सान पुर्याउछ । यस्ता मित्रहरुसँग सावधान रहनुपर्दछ ।
११) संदेह र शंकालु बानी भयानाक हुन्छ, यसबाट सम्बन्धमा खटपट उत्पन्न हुन्छ र मित्रता टुट्न सक्छ ।
१२) मानवले कहिले रिस गर्नु हुदैन । तपाईले रिसको सजाय पाउनुहुन्न तर तपाईलाई क्रोधबाट सजाय पाउनुहुन्छ ।
१३) हजारौ लडाई जित्नुभन्दा राम्रो हुन्छ कि तपाई स्वयंममाथि विजय प्राप्त गर्नुहोस्, फेरी विजय सधै तपाईको नै हुनेछ ।
१४) विश्वमा यि तीन चिजलाई कहिल्यै पनि लुकाउन सकिदैन : चन्द्रमा, सुर्य र सत्य ।
१५) सत्यको मार्गमा हिड्ने कुनै पनि ब्यक्ति दुई वटा मात्र गल्ति गर्न सक्छन्: पूरा बाटो नहिड्नु या सुरुवात नै नगर्नु ।
१६) मानवको लागि आफनो लक्ष्यलाई पाउनु भन्दा राम्रो त्यो लक्ष्यलाई पाउने यात्रा राम्रो होस् ।
१७) संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।
१८) जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन, त्यसरी नै तारिफ या आलोचना ले महान ब्यक्तिहरु लाई केहि फरक पार्न सक्दैन ।
१९) एक हजार वर्षसम्म विना ध्यानको साधना गर्नु भन्दा जीवनमा एक दिन समझदारी संग जीउनु उपयूक्त मानिन्छ।
२०) जो ब्यक्ति बोल्छन अनि आफ्नो काम गर्दछन, त्यस्ता ब्यक्ति दुःख बाट टाढै रहन्छन ।
२१) शान्तिप्रिय ब्यक्ति आनन्दको जीवन विताउदछन, उनिहरुलाई जीत र हार को कुनै प्रबाह हुदैन ।
२२) हामीले गरेका गल्तीहरुको सजाय तुरुन्त नमिल्न सक्छ तर समयको साथ साथै कुनै न कुनै दिन अवश्य पनि सजाय मिल्दछ ।
२३) यदि कोही ब्यक्ति आफ्नो कमजोरी देखाउने ब्यक्तिलाई लाई धन दौलत देखाउने ब्यक्ति जस्तै सम्झन्छ, र राम्रो संगतमा रहन्छ भने त्यस्तो ब्यक्तिलाई सधै सुख मिलिरहन्छ ।
२४) जो आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।
२५) कहिले पनि कुनै पनि ब्यक्तिको दुःखको कारण नबन्नुहोस ।
२६) वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस, आफ्नो मन लाई वर्तमान समयमा केन्द्रित गर्नुहोस ।
२७) आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस ।
२८) क्रोधलाई पालेर राख्नु भनेको तातो कोईला लाई पकडेर राख्नु र अरु कुनै स्थानमा फ्याक्ने मनसायले राख्नु समान हुन्छ। यसले तपाईलाइ नै जलाउने छ ।
२९) यदि तपाइको एउटा इच्छा पुरा भयो भने तुरुन्त अर्को इच्छा जन्मीने छ ।
३०) संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश
गर्न सकिन्छ ।