रास्ट्रीय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक तथा अनुसन्धानकर्ता डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बजारमा आएको छ। रू ७५० मूल्य राखिएको पुस्तकबाट संकलन भएको रकमले, ३० वर्षदेखि बन्द भई जिर्ण अवस्थामा रहेको बीरगंज कृषि औजार कारखानालाई संचालन गर्ने महावीरले बताएका छन् । यसकारण पनि महावीर साच्चै महावीर हुन्। उनको पुस्तक बजारका विभिन्न पुस्तक पसलहरुमा अनि अनलाइन मार्फत किन्नेलाई नेपालमा दराज एप र बिदेशमा हुनेले अमाजोन एप मार्फत् किन्न सकिने बताएका छन् ।
महावीर साच्चै महावीर हुन्!! बीरगंज कृषि कारखानालाई पुननिर्पुमाण गर्न, सरकारले सहयोग गर्ने कुनै छाटकाट नदेखाएपछी नेपाल सरकारबाट पाएका सबै मेडलहरु बिक्रीमा राखेको घोषणा गरेका पुनले मेडल बेच्न नपाउने भएपछी र पुस्तक बेचे वाफत व्यापारीहरुले ३०% कमिसन मागेपछि, आफै समेत किताब बेच्दै देशका विभिन्न ठाउँहरुमा हिडीरहेका छन् ।
केहि समय अघि मात्रै बीरगंज कृषि कारखानालाई पुननिर्पुमाण गर्न, सरकारले सहयोग गर्ने कुनै छाटकाट नदेखाएपछी नेपाल सरकारबाट पाएका सबै मेडलहरु बिक्रीमा राखेको घोषणा गरेका पुनले मेडल बेच्न नपाउने भएपछी र पुस्तक बेचे वाफत व्यापारीहरुले ३०% कमिसन मागेपछि, आफै समेत किताब बेच्दै देशका विभिन्न ठाउँहरुमा हिडीरहेका छन् । उनले भनेका छन् कि ९ महिना लगाएर कारखाना करिब मर्मत भैसक्यो र तिहार पछि संचालन गरिनेछ। यहाँहरु पनि पुस्तक किनेर बीरगंज कृषि कारखानालाई सहयोग संगै महावीर पुनको जीवन कथा पढेर जीवन संघर्षको पाठ लिन सक्नुहुनेछ ।
महावीर पुनले भनेका छन् - "कसैले स्वइच्छाले र अरु कुनै तरिकाले बिक्रि वितरण गर्न सहयोग गर्ने आइडिया छ भने मलाई 9841592361 मा फोन वा Whatsapp गर्नु होला । काठमाडौँ उपत्यका भित्र बस्नु हुने र Daraz मा अनलाइन अर्डर गर्न नसक्नेहरुले 9801462924, 9801462918 र 9841592361 मा फोन मार्फत अर्डर गर्नु होला ।"