जसले १३ वर्षको उमेरमा घर त्याग गरिन् !
जसले आमाको अगाध माया पाइन् अनि बाबाको पीडा भोगिन् !
जसले आमालाई भन्दा प्रतिष्ठित बौद्ध गुरु टुल्कु उर्गेन रिम्पोछेलाई धेरै स्रधा एवं आदर गर्थिन् /गर्छिन् !
जसले सानै उमेरमा विस्वका विभिन्न सहरहरुमा बौद्ध मन्त्र गाईन् !
जसले आनिहरुका लागि आर्यतारा स्कुल खोलिन् , जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्!
सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्त्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन्। उनले विशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौँं मै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन्। शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन्। वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिएका थिए। सन् १९९४ मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन सँगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको सँगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन्।
