अभिनेता- निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो। विसं २०४१ जेठ २ गते सर्लाही जिल्लाको पिपरा भित्तामा बुवा गोबिन्द उप्रेती र आमा भोज कुमारी उप्रेतीको कान्छो स्नातानको रुपमा भएको हो। निखिल उप्रेती सानैदेखि चाइनिज अभिनेता ज्याकी चेनको फ्यान हुनुहुन्थ्यो रे। सोही कारण आफैं पनि ज्याकी चेन जस्तै बन्ने चाहना उबेलादेखि नै निखिलमा थियो। त्यही चाहनाले उहाँलाई भारतको मुम्बई फिल्म नगरी सम्म पुर्‍यायो। जहाँ निखिलले रोशन तनेजाको रोशन तनेजा स्कुल अफ एक्टिङ नामक प्रशिक्षण केन्द्रमा केही समयसम्म तालिम समेत लिनु भएछ। निखिलसँगै तालिम लिनेमा रानी मुखर्जी शुनिल सेट्ठि लगायतका कलाकारहरु उहाँका क्लासमेटहरु हुने गर्दथे रे! त्यहाँ लगभग एक वर्षको तालिम लिएपछि रानी मुखर्जी हिरोइन बनिछन् । सँगैका रोहित शेट्टी र निखिल उप्रेतीले भने निर्देशकको सहायकको रूपमा काम पाउनु भएको रहेछ।

सानैदेखि उथलपुथल गर्न माहिर निखिल उप्रेती अन्ततः भारतीय चलचित्र जगतमा एक स्टन्ट म्यानका रुपमा परिचित हुन पुग्नुभयो। प्रख्यात भारतीय कलाकारहरूको डुप्लिकेट भई काम गरिरहँदा आफ्नै जिल्लाका एक कलाकार पवन मैनाली सँग उहाँको भेट भएछ । त्यसपछि त निखिल उप्रेतीले आफ्नो कलाकारिताको ज्यादु यसरी देखाउनु भयो कि उहाँलाई फिल्मको खाँचो कहिल्यै परेन । एकपछि अर्को चलचित्र धमाधम गर्दै जानुभयो। नेपाली र भोजपुरी गरी निखिलले करिब २०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसक्नु भएको छ। सावधान, निशाना, रुद्र, आदि चलचित्रहरूमा निर्माता र भैरव नामक चलचित्रमा निर्देशक भई काम गरेको अनुभव छ, निखिलसँग।

तर यतिखेर भने निखिल चलचित्रकर्मी अभिनेता भन्दा पनि मोटिभेसनल स्पिकरका रूपमा बढी परिचित हुँद आउनु भएको छ। कसै कसैले त निखिललाई जोगी भएसम्म भन्न भ्याएका छन्। जे होस्, निखिलको यतिखेर “समबोधी फाउन्डेसन” नामक संस्था छ। र आत्म आलोचना शिबिर ( सेल्फ रीयलाइजेसन क्याम्) चलाउदै आउनु भएको छ। जुन संस्था मार्फत उहाँले अबका दिनहरूमा समाजिक शुद्धिकरणको अभियान चलाउँदै जाने बताउनु भएको छ। सोही अभियान अन्तर्गत समाजका विकृति, बिसङ्गतीहरूलाई शुद्धिकरणको विश्व यात्रा गर्ने क्रममा रहनु भएको छ। निखिल उप्रेती राजनीतिक रुपमा पनि निकै सचेत र जानकार हुनुहुन्छ। विकल्पका लागि राजनीतिक शुद्धिकरण अभियानमा समेत उहाँ आबद्ध हुनुहुन्छ ।

हाल निखिल कान्छी श्रीमती संचिता लुइँटेलको परिवार संग ललितपुरमा बस्ने गर्दछन्। निखिल उप्रेती गिटार बजाउनमा समेत माहिर मानिन्छ। यसका अलावा उनले चित्रकला मा पनि उत्तिकै दखलता राख्दछन् यस्तै माटाका भाडा बनाउने कार्यमा समेत उत्तिकै रुचि राख्दछन् यसकै ड्राइभिङमा त निखिल पारङ्गत नै मानिन्छन्। सात तलाबाट हाम फाल्ने पुलमाथि हिँड्ने बाइक उडाउने कुरा त निखिलका लागि सामान्य जस्तै मानिन्छन्। …

Leave a Comment