हामी शिक्षक

                          

कलम बोकी सगौरब, शिक्षक शिर उचाली

सभ्य समाज निर्माण गरौँ, कुसंस्कार फाली !

हातमा हात काँधमा काँध, सँगै कदम चाली

अनुशासन नैतिकताको, साँचो बन्नु राम्रो

सच्चरित्र समाज निर्माण, कर्तव्य हो हाम्रो

स्वच्छ सफा लगाई हिँड्ने, भा नि झुत्रोझाम्रो

पेसामा यो जननी हो, शिक्षण पेसा हाम्रो !!

आफ्नै सपना पर राखी, उनकै सपना बुन्छौँ

बालबालिका शिखर चुम्दा, हामी खुसी हुन्छौँ !

यो समाजको विकृति र, धुलो मैलो धुन्छौँ

ज्ञानको ज्योति छर्दै हामी, संस्कृतिलाई बुन्छौँ !!

प्रकृतिको सुन्दर देश, हिमाल पहाड तराई

मिलीजुली बसेका छौँ, कोही छैनौँ पराई !

अनेक जाति, भाषा, धर्म उत्ति नै छन् भाका

अनेकतामा एकता छ, हुन्न काखापाखा !!

डाक्टर बिग्रे एकको ज्यान, शिक्षक बिग्रे हजार

विकृति त हामीमा नि, शिक्षा भाछ व्यापार !

मर्यादित यो पेसा हाम्रो, गरौँ असल आचार

Leave a Comment