कला, संस्कृति र संस्कार- हाम्रो पहिचानको आधार

  भनिन्छ- ‘संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे देश रहन्छ, अनि देश रहे पो हामी रहन्छौं ।’ हो, निश्चय नै हामीले घर परिवार हुँदै समाजबाट सिक्ने असल संस्कारले हाम्रो संस्कृतिलाई निर्धारण गर्दछ र हाम्रो संस्कृतिले हामीलाई एकाबद्ध रुपमा बाँधेर राख्दछ । सम्+कृति = संस्कृति तथा सम्+कार = संस्कार शब्द घरबारदेखी दरबारसम्म गाँसिएका छन् । यो पनि भानिन्छ कि संस्कार र संस्कृति नभएको देश या त अपाङ्ग हुन्छ या त निर्जीव । राष्ट्रिय सभ्यता र शासकीय मर्यादा यही संस्कारका उपज हुन् । विश्वमा शासकहरुको दम्भ, अकर्मण्यता एवं कुसंस्कारले विस्वयुद्धहरु भए र युद्ध सितयुद्ध भइ नै रहेका छन् । हाम्रो देश पनि राजनीतिक कुसंस्कारबाट अछुतो रहन सकेको छैन । यद्दपि संस्कार आमाको कोक्रोबाट सुरु भइ चितामा गएर अन्त्य हुन्छ । 

Leave a Comment