त्रि. वि. उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त हुनु भएको छ ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गर्नु भएको हो।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गर्नु भएको थियो। समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई यहि मिति २०८० फाल्उगुन १० गते उपकुलपति नियुक्त गर्नु भएको हो । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए । यद्यपी पोखरा विस्वविद्यालयको उपकूलपति भएर उक्त विस्वविद्यालयलाई नयाँ उचाईमा पुर्याउनु भएको एक अनुभवी र बौद्धिक व्यक्तित्वको चौतर्फी सकारात्मक चर्चा परिचर्चा एवं स्वागत भएको पाइन्छ।

Leave a Comment