आज साना कोपिला छौँ, भोलि फुल्छौँ फल्छौँ
ज्ञानको ज्योति पाए हामी, झलमल बल्छौँ
संयमता, अनुशासन, आदर सत्कार
ज्ञान, गुन सिक्छौँ आज, भोलि कर्णाधार
आमाबाको मेहिनेत र, पसिना छ चोखो
डाक्टर पाइलट संगै असल, नागरिक बन्ने धोको
कसरी पो भुलौँला र, बा आमाको माया
सधैँभरि हुन पाए, हुन्थ्यो दाँया बाँया
थाक्न दिन्नौ कहिल्यै हामी , यी पौरखी हात
दु:ख्खमा नडगमइ,सुख्खमा हुन्न मात
अनेक जाति भाषा धर्म, हिमाल पहाड तराई
मिलिजुली बस्छौँ हामी, कोही छैनौँ पराई
गीतकार -रुपेश सिंह बोहरा